झापा , माघ १९ । मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवाबाट प्रतिबन्धित औषधीसहित १ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
बुधबार दिउँसो भारत जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेका पथरी शनिश्चरे २ मोरङका २५ बर्षीय बिवेक मोतेलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले संका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपिजेसिक ४९ एम्पुल, एभिल ५१ एम्पुल, फेनारगन ५१ एम्पुल र डाईजोपाम ५१ एम्पुलसहित २०२ एम्पुल बरामद गरेको हो । प्रतिबन्धित औषधीसहित प्रक्राउ परेका मोतेको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।