कनकाई,माघ २० ।झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि.ले एकदिवसीय निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

संस्थाको सुरूङ्गास्थित सेवाकेन्द्रको आयोजनामा कनकाई –३ को जनचेतना आधारभूत विद्यालय परिसरमा भएको आँखा शिविरबाट ५ सय बढी स्थानीयबासी लाभान्वित भएको सेवाकेन्द्रका संयोजक राजेन्द्र उप्रेतीले जानकारी दिए । बचत तथा ऋणको मात्र कारोबारमा सीमित नरही साना मझौला व्यवसायी साकोसले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष ग्रामीण क्षेत्रलाई लक्षित गरी विविध कार्यक्रम संचालन गर्दै आएको संयोजक उप्रेतीले बताए ।

मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोग रहेको शिविरमा अस्पतालका नेत्र अधिकृत कविता कार्की कडरियाको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले विशेष भूमिका खेलेको जनाइएको छ । आँखा परीक्षण गर्दा मोतिबिन्दु देखिएका बिरामीलाई संस्थाको तर्फबाट निःशुल्क अप्रेसनका लागि रिफर गरिएको संस्थाकी अध्यक्ष देवीका निरौला बस्नेतले जानकारी दिएकी छन् । सामान्य समस्या भएका आँखाका विरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ भने विशेष छुटमा चस्मा उपलव्ध गराइएको अध्यक्ष बस्नेतले बताइन् ।

अध्यक्ष बस्नेतको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको उद्घाटन समारोहमा कनकाई वडा नं.३ का वडाध्यक्ष युवराज चम्लागाईँ, अस्पतालकी नेत्र अधिकृत कविता कार्की कडरिया, जनचेतना आधारभूत विद्यालयका अध्यक्ष टिका लामिछानेलगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए।

कार्यक्रम संयोजक सेवाकेन्द्रका सदस्य ऋषि राईले स्वागत गरेको कार्यक्रममा संस्थाका सचिव चन्द्रकुमार भट्टराईले औचित्यमाथि प्रकाश पारेका थिए । सेवाकेन्द्र सुरुङ्गाका सचिव प्रेमप्रसाद अधिकारीले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई नगरपालिकाका सहकारी विभाग प्रमुख हरिप्रसाद पौडेल, जनचेतना आधारभूत विद्यालयकी प्रधानाध्यापक होमकुमारी कुमाल,सहकारी संस्थाका मानवहादुर पौडेल, मार्गदर्शन नेपालका अध्यक्ष दिपक भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्