भद्रपुर, माघ २० । नेपाल बार एशोसिएसन झापाको ५६ औं बार्षिक साधारणसभा एशोसिएसनको सभाहल चन्द्रगढीमा सम्पन्न भएको छ ।
एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्रीको प्रमुख आतिथ्यतामा शुक्रवार सम्पन्न सभाका सहभागीहरुले देशमा भैरहेको राजनीतिक अस्थीरता र कानुनी सुशासनका बिषयमा कानुन व्यवसायीहरुले बहस गर्नुपर्ने बताउँदै सूचना सम्प्रेषणलगायतका बिषयमा सबै पक्ष सचेत भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि खत्री ,पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष गोविन्दचन्द्र क्षेत्री, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य डा. रुपक खनाल, जिल्ला कारागार झापाका प्रमुख मोहनलाल पनेरु, प्रहरी नायव उपरीक्षक बसन्त पाठक , जिल्ला न्यायधिवक्ता प्रकाश गौतम, सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, जिल्ला अदालत झापाका न्यायाधीश चन्द्रमणी ज्ञवालीलगायतले मन्तव्य राखेका थिए ।
झापा बारका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सभामा स्वागत मन्तव्य उपाध्यक्ष कमला आचार्य र संचालन सचिव हेमकला कट्टेलले गरेका थिए ।