झापा ,माघ २० । नेपाल यादव सेवा समिति झापा शाखाको आयोजना , संजिवनी हर्ट हस्पिटल प्रा. लि. को प्राविधिक सहयोग र सुरुवाती कोठा नेपाल तथा आदर्श स्कुल अफ मेनेजमेन्टको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा आदर्श कलेजका विद्यार्थी ,शिक्षकलाई निःशुल्क मुटु तथा जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो । संजिवनी अस्पतालका बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर सि.पि यादबले विद्यार्थीहरुको जाँच गरेका थिए । १२० भन्दा बढी विद्यार्थीको जाँच गरिएकोमा २० जनालाई इको जाँच गर्नुपर्ने भएको यादव सेवा समिति झापाका अध्यक्ष समेत रहेका डा. यादवले बताए ।
शिविरमा यादव सेवा समिति झापाका सचिव भरत यादव ,हर्ट फाउन्डेसन,जेनिस मिडिया,सुरुवाती कोठा नेपाल झापाका अध्यक्ष दीपक दास ,कलेजकी कोर्डिनेटर विजया भण्डारीलगायतको उपस्थिति रहेको थियो। यस्ता खालका कार्यक्रम गर्द जाने कलेज इन्चार्ज यज्ञराज कडरियाले बताए