बिर्तामोड , माघ २० । सिटिजन सुरक्षा बिमा योजनाअन्तर्गत माँ लक्ष्मी साकोसका शेयर सदस्य स्व. प्रभु साहको परिवारले ८ लाख ५० हजार बिमा रकम पाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. को सिटिजन सुरक्षा बिमा योजना ( ऋण बिमा ) अन्तरगत माँ लक्ष्मी साकोसका शेयर सदस्य साहको निधनपछि बिमा योजनाबाट पाउने बिमा रकम ८ लाख ५० हजार साहका छोरा अरुणकुमार साहले पाएका हुन् ।

माँ लक्ष्मी साकोसका अध्यक्ष देवेन्द्रकुमार सिंह ,पूर्व अध्यक्ष घनश्याम चौधरी साथै संचालक समिति र लेखा सुपरीवेक्षण समितिको उपस्थितिमा सिटिजन बिमा कम्पनीका एबीएम उत्तम कोइराला र चन्द्रगढी शाखा प्रमुख बिपिन राईले साहलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्