झापा, माघ २१ । चार दिनअघि हत्या गरी श्रीमतीलाई माटोमुनि गाड्ने अर्जुनधारा ८ बस्ने ३३ वर्षिय मनोज बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

अर्जुनधारा –८ नयाँ खसीबजारको २ सय मिटर उत्तर चौरीमा श्रीमती ४५ वर्षिया कल्पना पोखरेल बस्नेतको शव गाडिएको अबस्थामा आज दिउँसो ४.५० बजे फेला परेको थियो । अनुसन्धानका क्रममा उनका श्रीमान मनोज बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उदयपुर रामपुर ८ घर भई उनीहरु अर्जु्नधारा ८ मा बस्दै आएका थिए ।सामान्य मजदुरी गर्दै आएका बस्नेतले पारिवारिक कलहका कारण श्रीमतीको हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले बताए । मृतक कल्पनाका पहिलाको श्रीमान् रहेका छन् । पहिलाको श्रीमानपट्टी एउटा छोरी छन् भने बस्नेतपट्टी पनि एउटा छोरी रहेको जनाइएको छ ।