झापा, फागुन २२ । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुशरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतवार गरेको अन्तरसंवादमा सहभागी व्यवसायीका प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित भारत , बंगलादेश, भुटान र पाकिस्तानका उत्पादनहरुले पनि स्टल बुकिङ गरेका छन् । महोत्सवमा दुई सयबढी स्टल रहने बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा व्यापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।
मित्रराष्ट्रबाट सहभागी हुन आएका व्यवसायीले सञ्चालन गरेको व्यवसायिक स्टल र उनीहरुको व्यापार शैलीका विषयमा यहाँका व्यवसायीले अनुशरण गर्दै आगामी दिनमा व्यापार व्यवसाय सञ्चालन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छलफलमा सहभागी वेदप्रकाश अग्रवालले बताए ।
बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका अग्रवालले विदेशबाट आएका व्यापारीको विजनेस पोलिसी मात्रै यहाँका व्यापारीले ग्रहण गर्ने हो भने व्यापार प्रवद्र्धनमा थप टेवा पुग्ने बताए ।
यता मेची डिस्ट्रिव्युटर एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले महोत्सव स्थल उपभोक्ता र अवलोकनकर्ताका लागि सुरक्षित, आकर्षक र मनोरञ्जनात्मक गन्तव्य स्थलको रुपमा निर्माण हुनुपर्नेमा जोड दिए।
महोत्सवका विषयमा आइतवार मात्रै आयोजक समितिले मेची डिस्ट्रिव्युटर एशोसिएसन, कस्मेटिक डिलर एण्ड फुड एशोसिएसन, सौन्दर्य व्यवसायी संघ, छठ समाज सेवा समितिसंग छुट्टाछुट्टै छलफल र अन्तरसंवाद गरेको छ । छलफलमा मेची डिस्ट्रिव्युटर एशोसिएसन मेची अध्यक्ष राजेन्द्रकुमार थापा, निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल , उपाध्यक्ष प्रविण अग्रवाल, सचिव राजीव श्रेष्ठ, सदस्य भगवानदास अग्रवाल सहभागी भएका थिए ।
त्यस्तै छठ समाज सेवा समितिका अध्यक्ष राजकुमार गुप्ता,निवर्तमान अध्यक्ष घनश्याम चौधरी, मनोज चौधरी, वरुणकुमार जयसवाल,राजकुमार शाह, मनोज रौनियार , संजय चौधरीलगायत सहभागी थिए ।
त्यस्तै छलफलमा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, पूर्वअध्यक्ष वेदप्रकाश अग्रवाललगायत सहभागी थिए ।
त्यस्तै कस्मेटिक तथा फुड डिलर एशोसिएसन अध्यक्ष भरत पाठक, ललिता अधिकारीलगायत छलफलमा सहभागी रहेका थिए ।