झापा, माघ २३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई भेट्न पाकिस्तान क्रिकेट टोलीका खेलाडी मोहमद रिजवान नेपाल आएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का महासचिव दुर्गा पाठकले रिजवान नेपालमा सन्दीप लामिछानेलाई हौसला दिन आएको बताए । उनले सन्दीपलाई भेट्न मात्र नेपाल आएको कुरामा आफू पनि अझै पक्का हुन नसकेको भएपनि उनी नेपाल आएर सन्दीपलाई भेट्दै हौसला प्रदान गरेको बताए । ‘रिजवान नेपाल आएर सन्दीपलाई हौसला दिएको कुरा साचो हो । उनी नेपालमा सन्दीपलाई भेट्न मात्र आएको भन्ने कुरा औपचारिक रुपमा पूणर् छैन्,’ पाठकले भने । नेपाली टोलीका खेलाडी सन्दीप बलत्कार आरोप लागेर तीन महिना हिरासतमा बसेर धरौटीमा छुटेका हुन् । सन्दीपालाई क्यानले गरेको निलम्बन फुकुवा गरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्