झापा , माघ २३ । सुनसरीको इटहरी उपमहानगरपालिका-४ कोसी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभा आखिभुई-८ घर भई इटहरी-२ हलगडा बस्दै आएका २७ वर्षीय सरोज कार्की रहेका छन् । आइतबार साँझ साढे ७ बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा घाइते भएका साईकल यात्री कार्कीको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको हो । घटनामा संलग्न ठक्कर दिने मोटरसाइकल चालक संखुवासभा धर्मदेवीका ३० वर्षीय प्रेम शेर्पा तत्काल फरार रहेकोले खोजतलास भइरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्