झापा, माघ २३ । सुनसरीको धरान उप-महानगरपालिका-१७ चतराबाट लागूऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो साढे १ बजे अस्थाई प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ९३४३ नम्बरको मोटरसाईकल चालक बराहक्षेत्र नगरपालिका-१ का ३२ बर्षीय योगराज राई र पछाडी सवार ३४ बर्षीय दुर्गा राईको साथबाट ४ के.जी. १ सय ८० ग्राम लागूऔषध गाँजा फेला पारी मोटरसाइकलसहित दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्