झापा , माघ २३ । चलचित्र निर्माता संघले नेपाली सिनेमा हलले वर्षमा २५० दिन नेपाली सिनेमा अनिवार्य चलाउनु पर्ने माग गरेको छ ।

आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बुझाएको मागपत्रमा संघले यस्तो माग गरेको हो । नेपालमा स्वयं नेपाली सिनेमालाई नै प्रदर्शकले प्राथमिकतामा नराख्ने गरेको भन्दै संघले सिनेमा हलले नेपाली सिनेमा कम्तीमा २५० दिन अनिवार्य चलाउने व्यस्था मिलाउन आग्रह गरेको हो । वदेशबाट प्रदर्शनका लागि नेपाली ल्याइने विदेशी भाषामा सिनेमाको भन्सार शूल्क तीन दोब्बर वृद्धि गर्न पनि निर्माता संघका अध्यक्ष नवल खड्काले माग गरे । “२० लाखको चलचित्र ल्याउँदा पनि त्यति नै शुल्क तीन करोडको चलचित्र ल्याउँदा पनि त्यति नै भन्सार शुल्क लाग्ने गरेको छ,” उनले भने, “यसलाई बढाएर तेब्बरसम्म पुर्याउनु पर्छ । यसले राजस्वमा पनि वृद्धि गर्छ र नेपाली सिनेमालाई पनि फाइदा गर्छ ।” संघले मन्त्रालयसँग विभिन्न १९० बुँदे माग बुझाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्