एजेन्सी । बङ्गलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउन्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्