झापा , माघ २४ । भीर र रुखबाट लड्दा एकै दिन पाँचथरको फिदिम नगरपालिकाका दुईजनाको ज्यान गएको छ ।

भीरबाट लडेर फिदिम-१३ का ३८ वर्षीय मनोज नेम्वाङ र रुखबाट झरेर फिदिम-५ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फेको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार दुवैजनाको सोमवार साँझ ज्यान गएको हो । उनीहरूमध्ये फिदिम-१३ लुङरुपा निवासी नेम्वाङको फिदिम-७ नाङलापा भित्री सडकमा पर्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको थियो । यस्तै सम्बाहाम्फेको घाँस काट्ने क्रममा फिदिम-५ मै रुखबाट लडेर ज्यान गएको हो । रुखबाट झर्दा गम्भीर घाइते भएका सम्बाहाम्फेका उपचारका लागि पाँचथर अस्पताल फिदिम ल्याउने क्रममा निधन भएको हो । कुम्मायक गाउँपालिका-३ रानीगाँउ घर भएका सम्बाहाम्फे फिदिम-५ का रामकुमार तुम्बापोको घरमा कामदारका रूपमा बस्दै आएका पनि खतिवडाको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्