एजेन्सी । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमार सोमबारबाट प्रशिक्षणमा फर्किएका छन् ।

तिघ्राको चोटका कारण नेइमारले पिएसजीबाट लिगको पछिल्लो दुई खेल खेल्न पाएका थिएनन् । पिएसजीले आगामी साता तीन महत्वपूणर् खेल खेल्दैछ । बुधबार मार्सेलीविरुद्ध हुने कोप डी फ्रान्सको अन्तिम १६ को खेलमा मात्रै नेइमार मैदान उत्रनेछन् । शनिबार पिएसजीले लिग वानमा चौथो स्थानको मोनाकोविरुद्ध खेल्नेछ । अगामी साता भने पिएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखलाई खेल्ने कार्यतालिका छ । नेइमारले यस सिजनका सबैखाले प्रतियोगिता गरि २५ खेलमा १७ गोल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्