झापा, माघ २४ । सुनसरीको देवानगंज गाउँपालिका-६ सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन् ।

आज बिहान देवानगंज-रासी सडक खण्डमा को. २ त ६२३८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडक साईडमा पल्टि दुर्घटना हुँदा घाईते भएका ट्रयाक्टर चालक बर्जु गाउँपालिका-५ का ४० बर्षीय प्रमोद पंडितको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने घाईते सहचालक देवानगंज-२ का ३० बर्षीय धिरेन्द्र खत्वेको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्वन्धमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्