झापा, माघ २४ । मोरङ र सुनसरीको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-८ का ३२ बर्षीय अर्जुन विश्वकर्माको साथबाट ब्राउनसुगर १ ग्राम र डिजिटल तराजु १ थानसहित पक्राउ गरेको हो भने वडा प्रहरी कार्यलय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-९ बाट धरान-१६ का उत्सव राईको साथबाट प्रतिबन्धित औषधी लुपिजेसिक, फेनारगन, एभिल र डाईजेपामसहित २३ एम्पुल बरामद गरेको हो । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेको उनीहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्