बिर्तामोड,माघ २४ । सरकारले कुखुरा तथा अण्डाको मूल्य नतोकेको भन्दै झापाका कुखुरापालक कृषक आन्दोलित बनेका छन् ।

उनीहरुले मंगलवार दिउँसो बिर्तामोडको मुक्ति चौकमा जिउँदा कुखुराका चल्ला तथा अण्डा फालेर सरकारको बिरोध गरेका हुन् । एक सयभन्दा बढी कुखुरा र अण्डा कृषकहरुले सडकमा फालेका थिए ।


बैंकको भारी ब्याजदरका कारण आफूहरुले आत्महत्या गर्नु पर्ने स्थिति आएको भन्दै कृषकहरु आन्दोलित बनेका हुन् । सरकारले बजार व्यवस्थापन नगर्दा आफूहरुले उत्पादन गरेको कुखुरा र अण्डाले उचित मूल्य नपाएको उनीहरुको भनाई छ । व्यानर तथा प्लेकार्डसहित निस्केको कुखुरापालक किसानको र्यालीले बिर्तामोडमा विरोध प्रदर्शन गरेको थियो ।


व्यस्त पूर्वपश्चिम राजमार्गमा फालिएका कुखुरामाथि सवारीसाधन गुडेका थिए ।किसानले फ्याँकेको अण्डा र कुखुराका कारण दुर्गन्ध बढेपछि मुक्तिचोक वरपर नगर प्रहरीले सरसफाई गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्