झापा , माघ २५ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-४ स्थित रमितेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मङ्गलवार दिउँसो सोलुखुम्बुको काकुँबाट बासातर्फ जाँदै गरेको बा ४४ प २६१९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय २१ वर्षीय हेमकुमार राईको उपचारको क्रममा प्राथमिक अस्पताल खास्ताबमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्