झापा , माघ २७ । मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार विशेष सूचनाको आधारमा मोरङको ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका-१० का १९ बर्षीय गोरे भन्ने बिनय मगरको कोठा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको फेनारगन, डाईजेल्याव, ब्रुफिनसहित ११ एम्पुल बरामद गरेको हो भने ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ का २६ बर्षीय लकि गुरुङ, ३२ बर्षीय कुसबहादुर भुजेल, धरान २ का काम्मराज लिम्बू र धरान ४ का ३० बर्षीय सन्जु बि.क.लाई ७३ एम्पुल लुपिजेसिक, एभिल, फेनारगन र डाइजेपामसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यलयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्