बिर्तामोड , माघ २८ । हात्तीबाट जोगिन घरअगाडि टांगेको बिजुलीको करेन्ट लागेर बिर्तामोड ७ बाह्रघरेका एकजनाको मृत्यु भएको छ ।

गएराति पिसाब फेर्न निस्किदा करेन्ट लागेर ४९ वर्षिय खेम श्रेष्ठको मृत्यु भएको हो । करेन्ट लागेर सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइपुर्याउँदा राति साढे ११ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।
श्रेष्ठले जंगली हात्ती धपाउन आफ्नै घरवरिपरि करेन्ट टांगेका थिए ।

हात्ती प्रभावित क्षेत्रमा मानिसहरुले त्यस किसिमको जोखिमपूर्ण उपाय अपनाउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्