एजेन्सी । टर्की र सिरियामा गएको भूकम्पले मच्चाएको बिनाशबाट पीडितको मद्दतमा हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोली अगाडि आएकी छन् ।

उनी सबै भूकम्प पीडितलाई सहयोग गर्न अपिलसहित मद्दतमा देखिएकी हुन् । जोलीले टर्की र सिरियाको प्रकोपको हृदयविदारक तस्बिर इन्स्टाग्राममा शेयर गर्दै सहयोगको हात बढाएकी हुन् । उनले उद्धार कार्यक्रममा सहभागी व्यक्तिको भिडियो समेत पोष्ट गर्दै सबैलाई सहयोगका लागि अनुरोध गरेकी छन् । यस बाहेक उनले पोष्ट गरेको तस्बिरमा भग्नावशेषमा फसेकी छोरीको हात समातेर एक बुबा बसिरहेको समेत छ । तस्बिरका साथ उनले लेखेकी छन्, ‘मेरो मन सिरिया र टर्कीका जनतासँग छ । मैले मद्दत गर्ने बिचार गरेकी छु । सबैले मद्दत गर्ने आसा गर्दछु ।’ अभिनेत्री जोलीको यो पोष्टमा थुप्रै फ्यानले कमेन्ट गर्दै आभार प्रकट गरेका छन् । टर्कीका एक सामाजिक प्रयोग कर्ताले जोलीको पोष्टमा लेखेका छन् ‘धन्यवाद’ । अर्का एकले लेखेका छन्, ‘सबै सेलिब्रेटीको तपाईँको जस्तै मुटु भए हुन्थ्यो ।’ गत ६ फेब्रुअरिमा टर्की र सिरियामा ७.८ रेक्टरको भूकम्प गएको थियो । भूकम्पले दुबै देशमा हजारौँले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्