झापा, फागुन २ । मोरङको पथरीशनिश्चरे नगरपालिका-६ बाट लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो पथरीशनिश्चरे-६ का ३४ बर्षीय बज्र मोहन यादबले घरमा लागूऔषध गाजा संचय तथा विक्रीबितरण गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी कुशेचौरी र अस्थायी प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा कोठाबाट ८ किलो ग्राम गाँजा बरामद गरेको र सोही स्थानका ४१ बर्षीय सुरेन यादबलाई ५०० ग्राम गाँजासहित पक्राउ गरेको हो । लागूऔषध गाँजासहित पक्राउ परेका दुवैजनाको ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्