एजेन्सी । फिफा क्लब विश्वकप फुटबल सन् २०२३ साउदी अरेबियामा आयोजना हुने भएको छ ।

साउदीले पहिलो पटक आयोजना गर्न लागेको क्लब विश्वकप आगामी डिसेम्बर १२ देखि २२ सम्म हुनेछ । साउदी क्लब विश्वकपको छैटौँ आयोजक हो । मोरक्कोमा भएको पछिल्लो संस्करणको उपाधि रियल मड्रिडले जितेको थियो । पछिल्लो समय विश्वकप फुटबलको आयोजनाका लागि दावेदारी प्रस्तुत गर्न लागेको साउदी अरेबियाले फुटबलमा ठूलो लगानी गर्न थालेको छ । साउदीको क्लब अल नसरले पनि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई भित्राएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्