झापा, फागुन ४ । खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं. १ का सांसद तथा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् ।
काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते भएको स्वकीय सचिव भुवन भुसालले जानकारी दिए ।
घाइतेहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूले बताएको स्वकीय सचिव भुसालले जानकारी दिए । भण्डारी परिवार खाना खाएर सुतिसकेको अवस्थामा विस्फोट भएको बताइएको छ ।