झापा , फागुन ४ । झापाको मेचिनगर नगरपालिका-११ स्थित हडिया खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो ३ बजे मेचिनगर-११ सृजना टोलका ४३ बर्षीय लालबहादुर श्रेष्ठ खोलामा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोली खटिगई आवश्यक कानूनी प्रकृया पश्चात लास पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाईएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्