झापा , फागुन ४ । मोरङको बिराटनगर महानगरपालिका-५ कोचाखालबाट अवैध मेडिकल सर्जिकलका सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

आज बिहान साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको १ ह १३२५ नम्बरको सिटीलाई चेकजाँच गर्ने क्रममा अन्दाजी १ लाख ५० हजार बराबरको मेडिकलका सामान बरामद भएसंगै सिटी चालक बिराटनगर महानगरपालिका-१२ का ५६ बर्षीय शिवशंकर मण्डललाई प्रहरीले पक्राउ गरेको हो । बरामद भएका सामान र पक्राउ परेका मण्डललाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्