झापा, फागुन ४ । नेपाल रेडक्रस सोसाईटी झापाको सभापतिमा लोकराज ढकाल पुनः निर्विरोध चयन भएका छन् ।

योसंगै ढकाल सभापतिमा चौथो कार्यकालका लागि निर्विरोध चयन भएका हुन् । यसअघिका तीन कार्यकालमा पनि ढकाल निर्विरोध सभापति चयन भएका थिए ।
सहमतिका आधारमा बिहीवार सभापति सहित पदाधिकारी र महिला सदस्य निर्विरोध चयन गरिएको हो । जसअनुसार उपसभापतिमा मित्रदेव काफ्ले र मञ्जु सिटौला पोखरेल, मन्त्रीमा चन्द्रप्रसाद चुडाल, कोषाध्यक्षमा ओमप्रकाश गौतम, उपमन्त्रीमा प्रकाशचन्द्र खरेल र उपकोषाध्यक्षमा हेम खड्का चयन भएका छन् ।

त्यस्तै महिला सदस्यमा सिता भण्डारी(भद्रपुर), कुसुम कोइराला(मेचीनगर) र शर्मिला अधिकारी(भद्रपुर) निर्विरोध चयन भएका छन् । रेडक्रस झापाको ७ जना खुला सदस्यका लागि १६ जनाको उम्मेद्वारी परेको छ । शुक्रबार दिउँसो १ बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय रहेको र त्यो समयमा पनि सहमति नभए शनिबार मतदानमार्फत सदस्य चयन गरिने रेडक्रस झापाले जनाएको छ । आगामी तीन बर्षे कार्यकालका लागि जिल्लाका २६ वटा रेडक्रस उपशाखाबाट छनौट भएका जिल्ला प्रतिनिधिहरुले १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्