बिर्तामोड , फागुन ६ । वर्षभरिका विविध गतिविधिलाई समेटेर रोचक सांस्कृतिक कार्यक्रमसहित नवोदय शिक्षा सदन अंग्रेजी विद्यालयले वार्षिकोत्सव सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नितेश बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य एकराज कार्की रहेका थिए भने बिर्तामोड नगर शिक्षा अधिकृत दिनेशप्रसाद आचार्य र वडा अध्यक्ष मदन बुढाथोकी विशिष्ट अतिथि रहेका थिए । उक्त कार्यक्रममा विद्यालयले विभिन्न जातजातिको संस्कृति झल्काउने सांस्कृतिक झाँकी, लोक नृत्य, आधुनिक नृत्य, जोकर नृत्य प्रस्तुत गरेको थियो । साथै विद्यार्थीहरुले विभिन्न उत्कृष्ट गायन, वक्तृत्वकला तथा अन्य अभिनयात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । छोटो समयमा विद्यालयले उपलब्धिमुलक सफलता हासिल गरेको र समुदायसँग सहकार्य गर्दै सिकाइलाई समुदायसँग जोड्न सक्नु पर्ने कुरामा सम्पूर्ण अतिथि वक्ताहरुले जोड दिएका थिए ।

वर्षभरिका विविध अतिरिक्त कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको कार्यक्रममा लक्की ड्रमार्फत भाग्यशाली अभिभावकहरुलाई समेत पुरस्कृत गरिएको थियो । विद्यालयका प्रिन्सिपल अमृत बस्नेतले विद्यालयको प्रगति विवरण र भावी योजना प्रस्तुत गर्ने क्रममा विद्यालयलाई नमुना विद्यालय बनाउने खालका योजना ल्याउने कुरामा जोड दिएका थिए ।
उक्त कार्यक्रममा वर्ष उत्कृष्ट शिक्षकको रुपमा गोमा ढकाल र वर्ष उत्कृष्ट विद्यार्थी प्राशना प्रसाईं र आर्जल ढुंगेललाई सम्मान र पुरस्कृत गरिएको थियो । व्यवस्थापक रुपा बस्नेतले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन विद्यालयका विद्यार्थी र शिक्षकहरु सिद्धार्थ गौतम र समीक्षा सिटौलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्