झापा , फागुन ७ । झापाको दमकमा तारजाली बनाउने उद्योग स्थापना भएको छ।

करिब तीन करोड लगानी तथा चारजना व्यवसायीको संयुक्त लगानीमा तारजाली बनाउने उद्योग खुलेको हो । दमकको वडा नं. ४ मा स्थापना भएको यो उद्योगले शनिबारदेखि आफ्नो उत्पादन सुरु गरेको छ । उद्घाटन झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एवं नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घका अध्यक्ष एलपी साँवाले गरेका थिए । यस उद्योग आवश्यक पूर्वाधार र आधुनिक उपकरणसहितको झापाको पहिलो उद्योग भएको दाबीसमेत गरिएको छ । उद्योगका सञ्चालक पूणर्कुमार लामाका अनुसार अब प्रदेश १ मा नै तारजालीको अभाव नहुने अनुमान गरिएको छ । यस उद्योगबाट दैनिक ६ टन तारजाली उत्पादन हुनेछ । आफूसहित सुनसरीका कमल मिया, अब्दुल मिया, इजहाझ मिया मिलेर संयुक्त लगानीमा उद्योग सुरु गरिएको लामाले जानकारी दिए । खोला तटबन्धन गर्न आवश्यक पर्ने तारजाली, खेतबारी तथा अन्यत्रसमेत घेराबारा लगाउन सकिने आधुनिक तवरले यहाँ जाली बनिनेछ । अहिले भारतबाट कामदार ल्याएर हातेले बुनेको तारजाली प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्