कुमरखोद ,फागुन ७ । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले आइतवार पालिकाको दोस्रो तल्ला भवनको शिलान्यास गरेका छन् ।

झापा गाउँपालिका वडा नं ३ मा रहेको पालिकाको भवन बनाउन कामाटोलीका चारजना समाजसेवीहरुले जग्गा दान दिएका थिए । दाताहरु नगेन्द्रप्रसाद राजवंशीले १० कठ्ठा ५ धुर , हरिप्रसाद राजवंशीले १ कठ्ठा ५ धुर , निताई राजवंशीले ४ कठ्ठा र चित्रबहादुर श्रेष्ठले १ कठ्ठा गरी जम्मा १७ कठ्ठा जग्गा पालिकालाई दान दिएका थिए । उक्त जग्गाको बजार मूल्य करोडौं रुपैयाँ रहेको छ ।

दोस्रो तल्ला भवन निर्माण गर्नका लागि .सिद्धकाली न्यू दिपज्योति र राज विल्डर्स जेवीले भ्याटसहित ५ करोड २ लाख ९५ हजार ६ सय ३५ रुपैयाँमा ठेक्का पाएको हो । ठेकेदार कम्पनीले २०७९ साल माघ १६ गते पालिकासँग सम्झौता गरी २०८१ साल माघ १५ गते काम सम्पन्न गर्ने गरी ठेक्का पाएको हो ।

दोस्रो तल्लामा प्रशासनिक फाँट , तेस्रो तल्लामा सभाहल , अतिथि कक्षलगायतका कोठाहरु बन्ने र भुइँतलामा चमेना गृह , दमकल राख्ने कोठा , सरक्षा गार्डरुम , पार्किङ र पानीको फोहोरा बन्ने अध्यक्ष शाहले बताए । अध्यक्ष शाहले निकट भविष्यमै गाउँपालिकाको हरेक कार्यहरु मोवाईल एपको माध्यमले डिजिटल बनाईने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्