झापा, फागुन ७ । बिर्तामोड ४ स्थित कंचनजंघा अंग्रेजी माध्यमिक विद्यालयले धुमधामका साथ १५ औं वार्षिकोत्सव मनाएको छ ।

कोरोना संक्रमणका कारण केही वर्ष विद्यालयले वार्षिकोत्सव मनाउन सकेको थिएन । आइतवार विद्यालयमा आयोजित कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतीसहित सम्मान कार्यक्रम गरिएको थियो । विद्यालयकी अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उपप्रधान , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गरे । कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , शिक्षा शाखा प्रमुख तिलचन भण्डारी , बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मालगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका अभिभावकसमेत रहेका उपप्रधान , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री लिङ्देनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य गुरुभक्त न्यौपानेले विद्यालयको गतिविधिमाथि प्रकाश पारेका थिए ।शिक्षक भूमिप्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक शिक्षिकाहरु खगेन्द्र नेपाल र एलिसा ढुंगेलले गरेका थिए । विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरुले गीत नृत्य प्रस्तुत गरेर मनोरंजन दिलाएका थिए ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्