झापा, फागुन १० । आज बिहान कन्काई नगरपालिका १ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा कलेज बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहान ६.१० बजे निदी कलेजको बा ४ ख ९३१९ नं को बसले प्र१–०१–०१६प ३१५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ताप्लेजुङ तेल्लोक ३ बस्ने ३५ वर्षिय समिर लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अशोक जवेगुले बताए । घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल पुर्याउनेबित्तिकै मृत्यु भएको प्रहरी निरीक्षक जवेगुले जानकारी दिए । दुर्घटनापछि बस , बसचालक र मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्