मेचीनगर, फागुन १० । बन उपभोक्तालाई समान ब्यवहारको माग गर्दै आन्दोलनरत संघर्ष समितिले झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक उपभोक्ता समितिको चुनावी साधारणसभा अवरुद्ध पारेको छ ।

वन नियमवरिपरित हातेमालो बनका उपभोक्तालाई ‘क’ र ‘ख’ वर्गमा राखेर बिभेद गरेको भन्दै समान अधिकारको माग राखेर साधारणसभास्थलमै नारा जुलुस भएको थियो ।
बन समितिले उपभोक्तालाई दुई भागमा वर्गीकरण गरि काठदाउरा वितरण गर्दा फरक–फरक नियम लगाउँदै आएको छ । काठदाउरा वितरण गर्दा बिभेद गर्दै आएको छ भने ‘ख’ वर्गका उपभोक्ताले वनको कार्यसमितिमा उम्मेदवारी दिन नपाउने नियम बनाएको छ ।
बनका आधा सदस्यले समानताको माग राख्दै आदोलन गरिरहँदा वर्तमान कार्यसमितिले साधारणसभाको खुल्ला सत्र सम्पन्न गरेको थियो । एकातिर आफ्ना माग राख्दै प्लेकार्डसहित संघर्ष समिति नारा–जुलुसमा थियो भने अर्कोतिर साधारणसभामा वनका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले प्रतिवेदन वाचन गर्दै थिए ।

यसअघि वनले चुनावी साधारणसभाको तयारी गरेको थियो । तर, राजनीतिक दल तथा सम्बन्धित सरोकारवालाले सभा स्थगित गरेर सहमति खोज्न आग्रह गरेपछि सभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो । पुनः साधारणसभा गर्न भन्दै वनले सोमबार उपभोक्तालाई जानकारी गराउन माइकिङ गरेको थियो । समस्या समाधान गर्न मंगलबार मेचीनगरका मेयर, उपमेयरसहित बसेको वार्तामा कुरा नमिलेपछि संघर्ष समितिले सभामै बिरोध गरेको हो ।

सभा बिथोल्ने बुझेपछि वन समितिले सभास्थलमा बाक्लो प्रहरी परिचालन गरेको थियो । समान अधिकारको माग राख्दै संघर्ष समितिले वडा र नगरका राजनीतिक दलका प्रतिनिधि, जिल्ला वन पदाधिकारी, वडाध्यक्ष र जिल्ला डिभिजन वन कार्यालयका पदाधिकारी, प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्र, मेचीनगरका मेयर, उपमेयर, मेचीनगर–१३ र १४ का वडाध्यक्षसंग दर्जनौं पटक बसेको छलफल निश्कर्षबिहिन बनेको थियो ।

वार्तामा वन समितिले संघर्ष समितिको मागप्रति सुनुवाइ नगरेपछि संघर्ष समिति आन्दोलनमा उत्रेको संयोजक जीवन प्रसाईले जानकारी दिए । वनका कार्यसमितिले ब्यापक भ्रष्टाचार गरेको समेत प्रसाईको आरोप छ ।
‘वन समितिले बिभेद गरेको छ । सबै उपभोक्तालाई एउटै र समान व्यबहारको नियम नबनाएसम्म हामीले संघर्ष जारी राख्छौं’ संयोजक प्रसाईले भने,‘वन सबैको साझा हुनुपर्छ । सबै उपभोक्ताको हितमा हुनुपर्छ । तर, यो समिति आफूले गरेको भ्रष्टाचारलाई ढाकछोप गर्नका लागि सहमतिमा आउन चाहदैन ।’ संघर्ष समितिले गत २०७६ साउन ४ गतेदेखि उपभोक्ताको समान अधिकारको माग राख्दै आन्दोलन गर्दै आएको छ । नेपाली सेनाले सुरक्षा र संरक्षण गर्दै आएको हातेमालो वन २०६४ सालमा नेपाल सरकारले जिल्ला वन कार्यालयको मातहतमा समुदायलाई संरक्षण र उपभोग गर्ने गरी हस्तान्तरण गरेको थियोे ।

८ आवधिक खण्ड रहेको हातेमालो सामुदायिक वन ३ सय ९९ दशमलव ९ हेक्टरमा फैलिएको छ भने २ हजार २ सय घरधुरी उपभोक्ता रहेका छ्न्
उपभोक्ताले प्रतिक्वीन्टल काठ उपभोग गर्दा ‘क’ का उपभोक्ताबाट ११ सय र ‘ख’ लाई १५ सय लिइदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्