झापा, फागुन ११ । फागुन १९ बाट प्रदर्शन हुने फिल्म ‘छड्के २’ को ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा अभिनेता अनमोल केसी ग्याङस्टारको लुक्समा देखिएका छन् । उनको शरीरभरि ट्याटु छ । फिल्मले रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा उठाएको छ । पैसाका लागि मनाङको प्राकृतिक स्रोतको संकलन गर्नु र त्यसमा आफ्नो एकाधिकार जमाउन खोज्नु ग्याङको उद्देश्य फिल्ममा देखाइएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानको पनि अभियन छ । ‘छड्के २’ को कार्यकारी निर्माता निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्