एजेन्सी । ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार आज बिहान साढे ५ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । अफगानिस्तान-चीन सीमा क्षेत्रमा पर्ने गोर्नो-बदख्सान प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको क्षतिको विवरण आइसकेको छैन । यसअघि चिनियाँ भूकम्प नेटवर्क सेन्टरले ७ दशमलब २ म्याग्नीच्युड मापन भएको बताएको थियो । अमेरिकी जिओलोजिकल सर्वेले ६.८ म्याग्निच्युड मापन गरेको हो । भूकम्पको धक्का चीन र अफगानिस्तानमा समेत महशुस भएको छ । भूकम्पको २० मिनेटपछि ५ म्याग्निच्युडको परकम्प गएको छ । यसैबीच टर्की-सीरिया भूकम्पमा मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । फेब्रुअरी ६ का दिन गएको शक्तिशाली भूकम्पपछि ७ हजारभन्दा बढी शक्तिशाली परकम्प गएको अधिकारीहरूले जनाएका छन् । बिहान टर्कीमा ६ दशमलब ३ म्याग्निच्युडको परकम्प महशुस भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्