झापा , फागुन १२ । प्रथम भद्रपुर झापा गोल्डकपमा आज विभागीय टोली एपिएफ फुटबल क्लब र बंगलादेशको काउवार्न बजार प्रगति संघ, ढाकाबीच प्रतिस्पर्धा हुँदैछ ।

भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी प्रतियोगितामा एपिएफ र पाहुना टोली ढाकाबीच आज दिउँसो साढे २ बजे भिडन्त हुन लागेको आयोजक समितिले जनाएको छ । आज हुने अन्तिम क्वाटरफाइनल खेल्ने विजेता टोलीले सेमिफाइनलमा मछिन्द्रसँग फागुन १४ गते भिड्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्