झापा, फागुन १२ । नेपालसहित संयुक्त राष्ट्रसंघका १४१ राष्ट्रहरूले युद्ध अन्त्य गरेर रूसले तत्काल युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका छन् ।

बिहीबार भएको संयुक्त राष्ट्रसंघको ११ औं आपतकालीन विशेष सेसनमा भएको मतदानमा नेपालसहित १४१ मुलुकले युद्ध अन्त्य गरी रूसी सेनाले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका हुन् । बेलारूस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुआ, रूस र सिरियाले मात्रै उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए । नेपालका दुबै छिमेकी भारत र चीनसहित दक्षिण एसियाका श्रीलंका, पाकिस्तान, बंगलादेश पनि मतदान सहभागी भएनन् । ३२ वटा मुलुकले मतदानमा सहभागी नभएको युएनन्युजले जनाएको छ । शुक्रबार रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा भएको छ । पछिल्ला एक वर्षमा संयुक्त राष्ट्रसंघले विभिन्न चरणमा पेस गरेका प्रस्तावहरूमध्ये नेपाल सबैमा युक्रेनको पक्षमा उभिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्