झापा , फागुन १२ । उदयपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

२० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-९ भचुवा बस्ने उनका श्रीमान २७ वर्षीय विनोद पौडेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक वनमासँगै घाँस काट्न गएको अवस्थामा खुकुरी प्रहार गरी आफैले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्