कुमरखोद , फागुन १२ । ईलाका प्रहरी कार्यालय कुमरखोदले भारतबाट अवैध रुपमा लुकाईछिपाई ल्याएको माछा खाल्डोमा पुरेर नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले शुक्रवार दिउँसो झापा गाउँपालिका वडा नं १ को लसुना बोर्डरबाट अवैध रुपमा भारतबाट लुकाईछिपाई नेपाल ल्याउँदै गरेको ४५ केजी माछा बरामद गरेको थियो ।

उक्त माछालाई स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा पत्रकारको रोहवरमा खाल्डोमा पुरी नष्ट गरेको कुमरखोद ईलाका प्रहरी कार्यालयका प्रमुख कुलबहादुर मगरले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्