दमक ,फागुन १४ । दमक बहुमुखी क्याम्पसमा अध्ययनरत २९७ जना विद्यार्थीहरु बिभिन्न संगठन परित्याग गरी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा प्रवेश गरेका छन् ।

नवआगन्तुक विद्यार्थीहरुलाई नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कांग्रेस नेताहरुले स्वागत गरेका छन् ।

नेपाल विद्यार्थी संघ दमक नगर सभापति बिशाल भण्डारीको अध्यक्षता तथा कांग्रेस प्रदेश १ सदस्य भूमि राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा समाजवादी विद्यार्थी संघका केन्द्रीय सदस्य सुनिल हताक्सु राई र विद्यार्थी नेता दिपक मादेनको नेतृत्वमा दमक क्याम्पसमा अध्ययनरत २९७ जना विद्यार्थीहरु नेविसंघमा प्रवेश गरेको कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले जानकारी दिए ।

नवप्रवेशी विद्यार्थीहरुलाई स्वागत गर्दै नेपाल विद्यार्थी संघ झापा जिल्ला सभापति सञ्जय निरौलाले गौरवपूणर् ईतिहास बोकेको नेपाल विद्यार्थी संघमा सबै विद्यार्थी एकबद्ध भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा कांग्रेस प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, पार्टीका झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराई, संबिधानसभा सदस्य विश्वदीप लिङ्देन, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र सभापति रवि केसी न्यौपानेलगायतले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्