झापा, फागुन १६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब उपाधि उचाल्न यो सिजनमा पहिलो पटक एकआपससँग भिड्दैछ ।

झापास्थित मेची रंगशालामा आज (मंगलबार) हुने प्रथम भद्रपुर झापा गोल्डकपको फाइनल खेलबाट उपाधि उचाल्ने कसरतमा मच्छिन्द्र र आर्मी दुवै टोली एक कदम पछाडि छ । सेमिफाइनलमा मच्छिन्द्रले सशस्त्रको एपिएफलाई र आर्मीले संकटा फुटबल क्लबलाई हराउँदै उपाधि नजिक पुगेको हो । राष्ट्रिय खेलाडी सुजल श्रेष्ठको कप्तानीमा भर्खरै सातौँ राजर्षि जनक कप जितेको मच्छिन्द्रले दोस्रो उपाधि उचाल्ने दाउमा छ । राष्ट्रिय खेलाडीले भरिभराउ मच्छिन्द्रलाई मैदानमा रोक्दै लिंगको दोस्रो टोली आर्मी यो सिजनमा पहिलो उपाधि जित्ने मौकाको पखाइमा देखिएको छ । आर्मीका लागि झापा जिल्ला यसअघि नै भाग्यशाली साबित भइसकेको छ । झापा गोल्डकपको पाँचौँ संस्करणमध्ये आर्मी चार पटक उपाधि जितेको इतिहास छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्