दमक, फागुन १७ । विप्लव नेतृत्वको नेकपासम्बद्ध युवा संगठन नेपालको मेची– कोशी ब्यूरोले सांगठनिक तथा सामाजिक, राजनीतिक बिषयमा विभिन्न ६ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

ब्यूरोले मंगलवार दमकमा पत्रकार सम्मेलन गर्दै फागुन १२ गते बसेको बैठकको निर्णयहरु सार्वजनिक गरेको हो ।

संगठनका कोशी ब्यूरो इञ्चार्ज आकाश सीको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्यूरो इञ्चार्ज सुमन सी र संगठनका केन्द्रीय कोषाध्यक्ष सुवास सीको आतिथ्यमा बसेको बैठकले युवाहरुलाई लागूपदार्थ दुव्र्यसनबाट छुटकारा दिलाउन नवजीवन गृह निर्माण गरी उत्पादनमा जोड्ने, युवाहरुका समस्या समाधानको लागि प्रत्येक ब्यूरो र कल सेन्टर स्थापना गर्ने सहितका निर्णयहरु गरेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा संगठनका झापा जिल्ला इञ्चार्ज प्रशान्त सीले बढ्दो महँगी, कालोबजारी, भ्रष्टाचार तथा वित्तीय संस्थाहरुको ज्यादतीका विरुद्ध भण्डाफोर कार्यक्रम गर्ने, बैदेशिक रोजगारीका नाममा युवाहरुलाई मेनपावरहरुले ठगी गर्ने तथा विदेशमा अलपत्र पार्ने जस्ता क्रियाकलापका विरुद्ध संघर्ष गर्ने बताए । राष्ट्रियताको आन्दोलनलाई पेचिलो बनाउँदै लगिने र पहिलो चरणमा एमसीसी परियोजनाका विरुद्ध संघर्ष गर्ने, बैशाख २ गते युवाहरुको मार्चपाससहित बृहत प्रदर्शन गर्ने पनि संगठनले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा संगठनका केन्द्रीय तथा मेची कोशी ब्यूरोका युवा नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्