झापा , फागुन १७ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनिसलाई बुधबार नियुक्त गरेको छ ।

एन्फाको सातदोबाटोमा बसेको बोर्ड बैठकले उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिने निणर्य गरेको हो । यसअघि नेपाली टिमका प्रशिक्षक रहेका कुवेतका अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएपछि यो पद खाली रहेको थियो । त्यसपछि भएका दुई मैत्रीपूणर् खेलमा भने छोटो समयका लागि प्रदीप हुमागाईं र प्रवेश कटुवालले राष्ट्रिय टिम सम्हालेका थिए । भिन्सेन्जो नेपाली राष्ट्रिय टिम सम्हाल्ने पहिलो इटालीका प्रशिक्षक हुनेछन् । एन्फाले मुख्य प्रशिक्षक पदका लागि आवेदन माग गर्दा भिन्सेन्जोले मात्र भौतिक रूपमा उपस्थित भएर अन्तर्वार्ता दिने प्रक्रिया पूरा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्