झापा, फागुन १९ । अवैध सुपारी र पिकअपसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.६ मा दक्षिणबाट उत्तरतर्फ जाँदैं गरेको प्र.१–०२–००२ च ५४३२ नम्वरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएको र २ हजार के.जि.सुपारी फेला परेको थियो । उक्त गाडी, गाडी चालक दमक नगरपालिका वडा नं.१ बस्ने २८ वर्षिय मुकेश चौधरीसमेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै बुधवार राति ११.३० बजे ईलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाँघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका वडा नं.१ सालमारामा भारतबाट भन्सार छली अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको १८ थान प्लाष्टिकको टेवलहरु बरामद गरेको छ ।

त्यसैगरी बिहीवार बिहान ६.३० बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.६ मा नेपालबाट अबैध रुपमा भन्सार छलि भारततर्फ लाँदैं गरेको ६० के.जि. सुपारी बरामद गरेको छ । अन्दाजी मूल्य रु ९४ हजारबरावरको ती सामान आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्