बिर्तामोड ,फागुन २० । ताप्लेजुङमा जन्म भई झापालाई कर्मथलो बनाएका बिर्तामोडबासीहरुको शनिवार भएको भेलाले ताप्लेजुङ–झापा सरोकार समाज बिर्तामोड नगर समिति गठन गरेको छ ।

पहिलो पटक गठन गरिएको समितिको अध्यक्षमा तेजप्रसाद सिटौला सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षद्वयमा ताराप्रसाद चापागाँई, महिला उपाध्यक्षमा छायाँ सिग्देल, सचिवमा बिष्णु थापा र कोषाध्यक्षमा पुष्पमाया प्रसाई चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा राजकुमार विश्वकर्मा, पदमप्रसाद पौडेल, कमला कार्की महतारा, टिकादेवी प्रसाई कार्की, काशीनाथ पराजुली, विष्णुकुमारी पोखरेल, नन्दकुमारी इजम, सरोज बराल, कृष्णकला खरेल, महेश कार्की, हरिमोहन सिटौला, तारा कार्की र ज्ञानु न्यौपाने रहेको निर्वाचन समिति संयोजक लक्ष्मी खरेलले जानकारी दिए ।

जिल्ला अध्यक्ष होमप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव उमानाथ प्याकुरेल र रुद्र सिटौलाले गरेका थिए । मोहन शिवाकोटी, कृष्ण मिश्रलगायतले मन्तब्य राखेको कार्यक्रममा स्वागत उपाध्यक्ष शिव खरेलले गरेका थिए ।
सोही भेलामा संस्थाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोष बृद्धिका लागि हरिप्रसाद चुडाल (धापे साइलो)ले १० हजार पाँच रुपैयाँ, गुरुप्रसाद निरौला २५ हजार, तेजप्रसाद सिटौला २५ हजार र लक्ष्मी खरेलले ११ हजार एकसय रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता गरेको सहसचिव डिआर कडरियाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्