झापा, फागुन २० ।बिर्तामोड– ५ स्थित लिटल एन्जल्स अंग्रेजी माध्यमिक विद्यालयले तारा नमस्ते बालग्राममा आश्रित बालबालिकाहरुलाई सहयोग गरेको छ ।

बालग्राममै पुगेर विद्यालय परिवारले बालबालिकाका लागि खानेकुरा , खाद्य सामग्री ,लत्ताकपडा, स्टेशनरी ,कस्मेटिक र उपभोग्य सामग्री हस्तान्तरण गरेको हो । सो बाल आश्रममा २३ जना बालबालिका आश्रित रहेका छन् । लिटल एन्जल्स अंग्रेजी माविमा कक्षा ७ र ६ मा अध्ययन गर्ने विद्यार्थीहरुले जुटाएको सामग्री बाल आश्रमका बालबालिकाहरुलाई सहयोग गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानकुमार थलङले बताए । उनले आफ्ना विद्यार्थीहरुले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जानकारी दिए ।

संस्थापक प्रिन्सिपल ज्ञानकुमार थलङ, अर्का संस्थापक ममता थलङलगायतले ती सामग्री हस्तान्तरण गरेका थिए । तारा नमस्ते बालग्रामका अध्यक्ष नारायण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल थलङ ,विद्यार्थीहरु स्वस्तिका लिम्बू , फुङ्सा ताम्लिङलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बालग्रामका अध्यक्ष पोखरेल र बालग्रामकी भावना चौहानले सहयोगप्रति धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन शिक्षिका रोजिना राईले गरेकी थिइन्
त्यस्तै होली पर्वको अवसरमा रोट्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले पनि तारा नमस्ते बालग्राममा आश्रय लिइरहेका बालबालिकासंग अबिर खेलेर खानेकुरा र खेलकुदका सामग्री हस्तान्तरण गरेको छ ।

त्यस अवसरमा अभिभावक संस्था रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका तर्फबाट चार्टर प्रेसिडेन्ट रोटरीयन सन्तोष अग्रवाल , तारा नमस्ते बालग्रामका अध्यक्ष पोखरेल, रोट्याक्टका सदस्यहरुको उपस्थिति रहेको रोट्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष शालु कोइरालाले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्