झापा , फागुन २१ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आयोजना हुने पक्का भएको छ ।

REFERENCE IMAGE

नेपाल भलिबल संघले प्रतियोगिता आयोजनाका लागि शनिबार काभासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र काभाका अध्यक्ष मोहमद लाथिफले सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रतियोगिता आगामी जेठ ६ देखि १५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित ८ देशले सहभागिता जनाउने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्