झापा , फागुन २१ । ओखलढुंगाको चिसंखुगढीमा भीरबाट बोलेरो खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना गम्भीर घाइते भएका छन् ।

चिसंखुगढी गाउँपालिका ३ चापाकोटबाट जिल्ला सदरमुकामतर्फ ११ जना यात्रु लिएर जाँदै गरेको १ ज ८४७३ नम्बरको बोलेरो आइतबार बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मृत्यु हुनेमा मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापा रहेको प्रत्यक्षदर्शी राजु शर्माले जानकारी दिए । गम्भीर घाइते सबैलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगीएको छ । क्षमताभन्दा बढी यात्रु बाकेका कारण उकालोमा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइते अधिकांशको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले शर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्