झापा , फागुन २१ । झापामा स्कुटर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटर चालक दमक नगरपालिका-२ निवासी २० वर्षीय रिवाज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कमल गाउँपालिका-७ स्थित मगर चोकमा शनिबार बेलुका साढे ५ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १-०१-०१४ प ८२३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी चालक पौडेल र सोही स्कुटरको पछाडि सवार दमक नगरपालिका-८ निवासी १८ वर्षीय सुरज चौधरी घाइते भएका थिए । घाइतेमध्ये चालक पौडेललाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लागिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्