झापा, फागुन २४ । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काँँकरभिट्टामा सचेतनामूलक र्याली निकालिएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजनामा समुदाय–प्रहरी कार्यक्रमअन्तर्गत महिला दिवसको अवसरमा काँँकरभिट्टामा र्याली निकालिएको हो । ‘लैङ्गिक समाजको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको आधार’ भन्ने नारासहित काँकरभिट्टा बजार परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।कोणसभामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दीपक भारती, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, सामुदायिक प्रहरी सेवा केन्द्रकी उपाध्यक्ष विना तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा माइती नेपाल, आफन्त नेपाल, साहसी महिला नेपाल, विश्व सेवा विस्तार संस्था, साना हातहरु नेपाल, शक्ति समूहलगायतका संस्थाको सहभागिता रहेको थियो । माइती नेपाल काँकरभिट्टाका प्रमुख गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक मिलन राईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्